पुटिनमाथि अमेरिकाको अर्को कठोर कदम | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

पुटिनमाथि अमेरिकाको अर्को कठोर कदम

एजेन्सी, १४ मंसिर। अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जोडिएको भनिएको समूहलाई आतंककारी घोषणा गर्न सक्ने खबर सार्वजनिक भएको छ। ब्लुमवर्गले त्यसबारे खबर सार्वजनिक गरेको हो ।
नाम उल्लेख नगरी अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनको स्रोतबाट प्राप्त खबरका आधारमा ब्लुमवर्गले वागनर आतंककारी घोषणा गर्न लागेको भनेको छ। निजी सैनिक कम्पनी वागनरलाई अमेरिकाले आतंककारी घोषित गरे रुससँग थप टकराव बढ्न सक्छ। उक्त कम्पनी विभिन्न अफ्रिकी देशहरु र युक्रेनमा सक्रिय छ।

रुसले भने वागनर समूहसँग कुनै औपचारिक सम्बन्ध नरहेको बताउँदै आएको छ। उक्त कम्पनी सन् २०१४ मा रुसी व्यवसायी इभगेनी प्रिगोजिनले स्थापना गरेका हुन् । इभगेनीको रुसी राष्ट्रपति पुटिनसँग सम्बन्ध रहेको बताइन्छ।

Leave a Reply

ताजा समाचार