परीक्षणमा नयाँ जनप्रतिनिधि | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

परीक्षणमा नयाँ जनप्रतिनिधि

राष्ट्रिय अस्मितामाथि खेलवाड नगरि जनमुखी काम गर्न सक्ने सपुत जन्माए मात्रै आम निर्वाचनको सार्थकता कायम हुने, जनताको परीक्षणमा नयाँ जनप्रतिनिधि

भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेशसभामार्फ देशले सांसद त पायो, तर अव जरुरत छ सपुत नेताको । जनताले पटक पटकको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै जनप्रतिनिधि चुन्दै आएका छन् । तर ती प्रतिनिधिले देश र जनतालाई शिरमा राखेर काम नगरिदिदा मुलकका समस्या ज्यूका त्यूँ छन् । अबको निर्वाचनले सत्ताका लागि राष्ट्रिय अस्मितामाथि खेलवाड नगरि जनमुखी काम गर्न सक्ने सपुत जन्माए मात्रै निर्वाचनको सार्थकता कायम हुने छ ।

पूर्वका जनताले माछा पालन गरे, बिक्री हुने बेला भयो, दक्षिणबाट सरकारी अनुदान खाएको माछा भित्रियो, किसान बैंकको ऋण समेत तिर्न नसक्ने अवस्थामा पुगे । यही गति पश्चिमका केराखेती गर्ने हरुको छ । देशभर उर्बर भूमि छ । विदेशमा मरुभूमिको अनुभब संगालेका युवा जोशले पाखुरा बजार्छन । बिक्रीको समयमा दक्षिण हाबी हुन्छ । युवाको जोश – जोश मात्र बन्न पुग्छ । देशको बजार सम्पूर्ण रुपमा बिदेसिको हातमा सुम्पिएको कारण कुनैपनि उत्पादनशील क्षेत्रले गतिपाउने अवस्था छैन । अहिलेसम्म यस्तो समस्या संसद प्रवेश गरेको छैन । विदेशीले उसको भूमिमा उत्पादन गरेको फलफूल तथा तरकारी निर्बाद पठाउछ । बिषादीका कारण लगभग अखाध्य बनेका त्यस्ता खाद्य पदार्थका कारण नागरिकहरु क्यान्सरको रोगी बन्न बाध्य छन् । सीमा प्रवेश गर्दा परीक्षण समेत गर्न छिमेकीले दिँदैन । संसदमा कुरा उठाउन सक्नेसमेत कोही देखिँदैन ।

पूर्वदेखि पश्चिसम्म देशको सीमारेखा लगभग मेटिदैछ । उसको एउटा प्रान्तबाट अर्को प्रान्तमा जाँदा जे प्रक्रिया अपनाउन पर्दछ । दक्षिण त्यती रित पनि पूरा गर्न तयार छैन । विदेशी पुलिस–आर्मी निर्वाद सीमा प्रवेश गर्छन । हाम्रा नागरिकलाई पिट्दै लिएर जान्छन, न्याय निसाफ उतै हुन्छ, देशभित्र कुनै नेता आवाज उठाउन सक्दैनन् । तुइन काटिएर मरेको नागरिक होस्, या बिस्फोटक पदार्थले मारिएका नाबालक । सबै गुपचूप छन् । सत्ता खेलको उपक्रमभित्र कसैको गणना छैन । देशको सरकार जस्तै लैनचौरले समानान्तर सरकार चलाइरहेको छ । देशभित्र उसले गर्ने खर्चको कुनै परीक्षण हुँदैन । हाम्रो देशभित्र निर्वाद विदेशीले उसको हितमा खर्च गर्छ । देखाउनकै लागि एम्बुलेन्स कुदाउछ, निर्वाचनको निमित्त गाडी दिन्छ । नेताका सन्तानलाई लगानी गर्छ । नेपाली जनताको खुन पसिना सोस्छ । बोेलीदिने हाम्रा सपुत कोही देखिँदैनन् ।

प्रधानमन्त्री उसले बनाउछ । प्रमुख कार्यकारी पदहरुमा उसकै हालीमुहाली छ । आज कुनै पनि पद खान– दक्षिणको ढोका ढकढक्याउन जानेको लाइन बढ्दैछ । पढेलेखेका नागरिकदेखि पत्रकारसम्म, हुँदा हुँदै सामान्य विभागको निर्देशकसमेत उसैले छान्छ । हाम्राहरु टुलुटुलु हेरेर बस्छन । रबर स्ट्याम्प बनेर सत्ता चलाउँछन् । विदेशीको एजेन्डामा क्रान्ति हुन्छ, उसैले सम्झौता गराइदिन्छ, जित हाम्रो भन्दै देशभित्र उफ्रन्छन् । तर बिडम्बना विदेसिले जित्छ, देशले हार्छ । देसका मूल्य र मान्यताहरु समाप्त हुन्छन । धान्नै नसक्ने संघीयता थोपरिन्छ । देश टुक्रा टुक्रा हुन्छ । विदेसीले नाकाबन्दी गर्छ । नाकामा हाम्रा नेता उभ्याउँछ । तैपनि त्यस्तो अरास्ट्रियलाई सबक दिने नेता देशले पाएको छैन । यी र यस्ता तमाम कारणले देश समाप्त हुँदैछ । गरिखाने वातवरण छैन । आम निर्वाचनको एकदिन अगाडी विदेशमा रोजगारीमा जानेको लाइन एरपोर्ट मा देख्दा कुन नेपाली को मन नपोल्ला र ? त्यसैले आज देशलाई सपुत को खाँचो छ । निडर स्वाभिमानी अनि विदेसीलाई टक्कर दिन सक्ने पुर्खाको रगतको मूल्य याद गर्न सक्ने नेताको खाँचो छ । चुनाव नसकिदै एउटा राजदूतको प्रबचन सुन्न हतारिने हरुबाट देश बन्दैन । विदेसीले दिने तालिमले सांसदको गरिमा बढ्दैन । अब हेर्नुछ – जनताले कर्मकाण्डी पाखण्डीलाई मात्र पठाए या यो भिडमा कोही सपुत पनि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);