घमण्ड देखाएर होइन, मन फुकाएर देशका लागि काम गर्छौंः ईश्वर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

घमण्ड देखाएर होइन, मन फुकाएर देशका लागि काम गर्छौंः ईश्वर पोखरेल

काठमाडौँ, २७ मंसिर। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताएका छन्।

आज टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक प्रतिस्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताए।

‘हामी घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ”, उनले भने,‘भ्रष्टाचारको अन्त्य गर्दै देश र जनता विरोध काम नगरी जनताको शिर झुक्ने दिने छैनौँ।’

उनले वाम गठबन्धनपछि अब वाम एकता चाँडै हुने भन्दै एकतालाई कसैले रोक्ने प्रयास गर्न आग्रह गरे।