काठमाडौं। टी–२० क्रिकेट विश्वकप उपाधिका लागि अस्ट्रेलियाको मेलबर्नमा अहिले इंगल्यान्ड र पाकिस्तानबीच फाइनल खेल भइरेको छ । पाकिस्तानले दिएको एक सय ३८ रनको सामान्य लक्ष्य पछ्याइरहेको इंगल्यान्डले ११ ओभरमा तीन विकेट गुमाएर ८२ रन बनाएको छ । अघिल्ला तीन विकेट एकपछि अर्को खोसेको पाकिस्तानलाई बेन स्ट्रोक र हेरी ब्रुक टिकेर खेल्दा उपाधि लक्ष्य पछ्याउन कठिन भइरहेको छ।
बेन स्ट्रोक १८ र हेरी ब्रुक १८ रनमा क्रिजमा टिकेर खेलिरहेका छन् ।