विरोध खतिवडाको आग्रहपछि पुरुषोत्तम खड्का रिहा | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

विरोध खतिवडाको आग्रहपछि पुरुषोत्तम खड्का रिहा

मकवानपुर। मकवानपुर–२ बाट गठबन्धनका उम्मेदवार विरोध खतिवडाको आग्रहमा प्रहरी हिरासतमा रहेका हेटौंडा–२ का पुरुषोत्तम खड्का रिहा भएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार एकीकृत समाजवादी नेता खड्काले आफूलाई दुव्र्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रहअनुसार प्रहरीले उनलाई रिहा गरेको हो। पूर्वस्वास्थ्य तथा जनसख्यामन्त्री समेत रहेका खतिवडालाई मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४ मा चुनावी सभामा गएका बेला  मादक पदार्थ सेवन गरेका खड्काले दुव्र्यबहार गरेका थिए । आफूलाई दुर्व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेद्वार खतिवडाले बुधबार मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए । खतिवडाको आग्रहबमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित भइसकेका सांसद हुन् । आफू गठबन्धनकातर्फबाट साझा उम्मेदवार रही अत्यधिक मतसहित जित्ने निश्चित देखिएपछि हारको मानसिकता बोकेकाले मादक पदार्थ खुवाएर पठाइएर आफूमाथि दुर्व्यवहार  गराइएको खतिवडाको भनाइ छ।

हारदेखि अत्तालिएकाबाट त्यस्तो गलत व्यवहार भए पनि आफूले त्यसलाई सामान्य रुपमा लिएर दुर्व्यवहार गर्नेलाई छाडिएको खतिवडाको भनाई छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);