थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु एजेन्सी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु एजेन्सी

बैंकक। थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले एक विज्ञप्तिमा भनेको छ ।  बन्दुकधारी एक पूर्वपुलिस अधिकारी रहेको र उनको खोजी भइरहेको जनाइएको छ । प्रधानमन्त्रीले सबै निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न सचेत गराएको सरकारी प्रवक्ताले बताए ।

थाइल्यान्डमा सामूहिक गोलीबारीका घटना यदाकदा हुने गरेका छन् । सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तिमा २९ जनाको मृत्यु भएको थियो।

Leave a Reply