गठबन्धनले गणतन्त्रमाथि हमाला गर्‍यो, शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

गठबन्धनले गणतन्त्रमाथि हमाला गर्‍यो, शंकर पोखरेल

काठमाडौं ।एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका छन् । काठमाडौंमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका हुन् ।

गणतन्त्रको प्रतिकको रुपमा रहेका राष्ट्रपतिको सन्देशलाई बेवास्ता र अपेक्षा गरेर सत्तारुढ गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका उनले आफ्ना चेलीबारे चिन्ता नलिएर बाहिरबाट आउने महिलाको चिन्ता लिएको आरोप लगाए ।

‘हाम्रा नेपाली चेलीहरु विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतिक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ,’ उनले भने, ‘हाम्रो चेलीहरुको हकबारेमा बोल्न सक्नुपर्‍यो गठबन्धन । आफ्ना चेलीहरुको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरुसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ ।’

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);