काठमाण्डौँ, २२ मंसिर । पछिल्लो मत परिणाम अनुसार गोरखा २ मा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई अग्रस्थानमा रहेका छन् ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत रोचक भीडन्तको रुपमा हेरिएको यस क्षेत्रमा बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ भट्टराई भन्दा ११ सय ३५ मतले पछाडी रहेका छन् ।
लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टराईको पक्षमा ६ हजार ५ सय ३४ मत प्राप्त गर्दा बामका श्रेष्ठको पक्षमा ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् ।




