बम बिस्फोटमा ज्यान गुमाएका म्यादी प्रहरीको परिवारलाई सहयोग रकम हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

साउन ८ २०८३, शनिबार

दाङ, १९ मंसीर । गत मंगलबार दाङको तुल्सीपुरमा बम विस्फोटमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई तुलसीपुर उप–महानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ।

नगर प्रमुख घनश्याम पाण्डेले चुनाव सुरक्षाका क्रममा खटिएका विनोद चौधरीको परिवारलाई घरमै पुगेर २५ हजारको चेक हस्तान्तरण गरेका हुन्। यसअघि नगरपालिकाले विनोदकी छोरीलाई १२ कक्षासम्म पठ्न लाग्ने सबैै खर्च व्यहोर्ने निर्णय गरेको थियो।

गत मंसिर १३ गते मंगलबार तुल्सीपुरमा नेपाली कांग्रेसले गरेको चुनावी सभामा सुरक्षार्थ खटिएका बेला भएको बम विस्फोटमा परी घाइते भएका विनोद चौधरीको बाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो।

ताजा समाचार