दुलोभित्र बसेर बम पड्काउँदैमा क्रान्ति सफल हुन्न : खनाल | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

दुलोभित्र बसेर बम पड्काउँदैमा क्रान्ति सफल हुन्न : खनाल

इलाम, १८ मंसिर । एमालेका वरिष्ठ नेता झलनाथ खनालले दुलोभित्र बसेर बम पड्काउँदैमा क्रान्ति सफल नहुने बताएका छन् । फिक्कलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले नेता खनालले दुलोभित्र बसेर बम पड्काई नेता र जनताको ज्यान लिएर क्रान्ति सफल नहुने बताएका हुन् ।

बम आतंक फैलाउनेलाई मुसाको संज्ञा दिदै खनाले भने, “तिमीहरू दुलोभित्र बस्ने मुसाभन्दा केही पनि हैनौ । दुलोभित्र बसेर मानिसहरूलाई तर्साउने, नेताहरूलाई तर्साउने, व्यक्तिको ज्यान लिएर कस्तो क्रान्ति गर्न खोज्दै छौ ?”

बम पड्काउनेलाई पहिचान गरेर कारबाही गर्न नसक्ने नेपाली कांग्रेसको सरकार निकम्बा भएको आरोप लगाउँदै खनालले भने, ‘बम पड्काउनेहरुलाई कारबाही गर्न नसक्ने निकम्बा सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा कुर्सीमा बसिरहन अब सुहाउँदैन ।’

निजीकरणमा नाममा कांग्रेस सरकारले साझा बस, बाँसबाँरी छालाजुत्ता कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, चिया बगान, वीरगञ्ज कृषि औजार कारखानाजस्ता उद्योग र संस्थान कौडीको मूल्यमा बेचेको आरोप लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);