अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता २२ साउनदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता २२ साउनदेखि

काठमाडौं। इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ। २२ साउनदेखि हुने प्रतियोगितामा सुनसरी जिल्लाका विद्यालयहरूले सहभागिता जनाउन पाउने आयोजककाे भनाइ छ।

प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए । पौडेलका अनुसार प्रतियोगिताका उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिनेछ ।पौडेलले प्रतियोगिता आयोजनाको मुख्य उदेश्य भनेको सुनसरी जिल्लामा विद्यालय स्तरबाटै क्रिकेट खेलाडीहरु उत्पादन गर्नु रहेको बताए । उनले भने, ‘यो प्रतियोगिता मात्र नभएर विद्यालय स्तरका खेलाडीहरूको छनोट पनि हो  । प्रतियोगिता नेपालकै दोस्रो इन्डोर क्रिकेट हल इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा हुनेछ।

प्रतियोगिताका लागि सम्बन्धित विद्यालयले आफ्नो टोली दर्ता गर्ने समयावधि २० साउनसम्म रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);