कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–८ बुधचोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइते मध्ये मोटरसाइकलमा पछाडी सवार धनगढी–८ बस्ने जोशीरपुरकी २४ वर्षीय पारु चौधरीको अवस्था गम्भीर रहेको छ ।
घाइते सबैको उपचार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
तीन जना सवार रहेको सुदुर पश्चिम प्रदेश ०१ ००९ प ७६४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ३ बजे चोकमा रहेको शालिकमा ठोक्किएको थियो ।