सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन : प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

धनगढी, १५ मंसिर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले पूर्ण बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियन कैलालीले शुक्रबार बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमत आउनेमा कुनै शंका नभएको जिकिर गरे ।

उनले भने – “कांग्रेस प्रति देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस् ।”

निर्वाचनलाई केन्द्रित गरेर विभिन्न ठाउँमा गराइरहेको विस्फोटका घटना निन्दनीय भएको बताउँदै सानातिना विस्फोटका घटनाबाट सरकार विचलित नहुने पनि बताए ।