इनारमा शव फेला | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

इनारमा शव फेला

सिरहा। सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव गोलबजार नगरपालिका-९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । पासवान हिजो बेलुकादेखि हराइरहेकाे र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेकाे प्रहरीले बताएकाे छ। शनिबार बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएकाे थियाे । यही क्रममा शव पनि देखिएकाे हाे । प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरे पनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भइरहेको छ।

इनारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाइ छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a Reply

ताजा समाचार