कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भन्यो– सार्वजनिक स्थलमा मास्क लगाउ  | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भन्यो– सार्वजनिक स्थलमा मास्क लगाउ 

काठमाडौं। कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ।

दूतावासले आज एक विज्ञप्ति जारी गर्दैै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन सतर्क गराएको हो । ‘कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषदको निर्णय बमोजिम यहाँ बसोबास गर्ने  ६ बर्ष भन्दा बढि उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरि बन्द सार्वजनिक स्थलमा फेश मास्क अनिवार्य गरिएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ।

पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी नेपाली कतार जाने गरेका छन् । कतारमा हाल तीन लाखभन्दा बढी नेपाली रहेका छन् ।

Leave a Reply

ताजा समाचार