चुनाव अघि नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चुनाव अघि नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् । पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र उक्त छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

आइतबार ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालिन नेकपाका पाँच जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र भर्खरै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसका संयोजक बनेका वामदेव गौमतबीच छलफल भएको थियो ।

उक्त भेटमा चुनावअघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने, एकता संभव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको ’, श्रेष्ठले बताए। छलफलमा नेताहरुले वामपन्थी शक्तिहरु कमजोर हुँदा राष्ट्रियता धरापमा परेको भन्दै वामपन्थी ध्रुवीकरण आवश्यक परेको निष्कर्ष निकालेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);