वामपन्थीलाई मत दिँदा पुर्पुरोमा हात लाउनु नपर्ने नेता नेपालको दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

काठमाडौँ, १२ मंसिर। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाम गठबन्धनलाई मत दिँदा पुर्पुरोमा हात लाउनु नपर्ने बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले वामपन्थीलाई मत दिँदा धिक्कार्नु नपर्ने विश्वास देखाएका थिए।

काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका नेता नेपालले गठबन्धनबाट आत्तिएकाहरुले आफूलाई कांग्रेससँग गोप्य सहमति गरेको भ्रम फैलाएको भन्दै वामपन्थीले जिते मात्रै जनताका समस्या समाधान हुने बताए ।