अमेरिकामा गर्मी: १० करोड जनालाई घरभित्रै बस्न सुझाव | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

अमेरिकामा गर्मी: १० करोड जनालाई घरभित्रै बस्न सुझाव

न्युयोर्क। मध्य तथा पूर्वी अमेरिकामा अत्यधिक गर्मी बढेको छ। गर्मी बढेपछि सर्वसाधारणलाई स्वास्थ्य चेतावनी जारी गरिएको छ। केही साताअघि पश्चिममा बढेको तापक्रम अहिले पूर्वी क्षेत्रमा बढेको छ। फिनिक्स, लस भेगास र डेनभरलगायतका सहरमा तापक्रमले यसअघिका रेकर्ड तोडेको छ। १० करोड अमेरिकीहरूलाई घरभित्रै बस्न भनिएकाे छ।

बुधबारसम्म देशको पूर्वी दुई तिहाइ भूभागमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ। तापक्रम सामान्यभन्दा १० देखि ३० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ । शिकागोको राष्ट्रिय मौसम सेवाले भनेको छ, ‘बाहिरको तीव्र गतिविधि र सूर्यको जोखिमलाई सीमित गर्नुहोस । यसैबीच, ६० माइल प्रतिघण्टाको तीव्र आँधीका कारण सोमबार राति सिकागोका हजारौं बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्।

Leave a Reply

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि