काठमाडौंलगायत पश्चिम तराईमा अझै गर्मी बढ्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाडौंलगायत पश्चिम तराईमा अझै गर्मी बढ्ने

garmi

काठमाडौं, १३ जेठ । मुलुकमा एक्कासी हपहपी गर्मी बढेको छ । पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू भागमा गर्मी ह्वात्तै बढेको हो ।

मौसमविद शान्ति कँडेलका अनुसार पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको हो । पूर्वी भेगमा हल्का बर्षासँगै मौसम केही धुमिने सम्भावना भए पनि पश्चिम तराईमा त्यस्तो सम्भावना नभएकाले पश्चिमी भेगमा गर्मी अझै बढ्न सक्छ ।

मनसुन सुरु नभएसम्म काठमाडौं उपत्यकामा पनि गर्मी अझै बढ्न सक्ने अर्का मौसमविद समीर श्रेष्ठले बताए । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);