सिन्धुपाल्चोक, १० मंसिर । सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका-८ लागर्चे मतदान स्थलको क र ख दुवै बुथमा हिजो भएको झडपका कारण अझै मतदान सुरु हुन सकेको छैन।
लोकतान्त्रिक र वाम गठबन्धनबीच हिजो भएको झडप अझै साम्य नहुँदा मतदान सुरु हुन नसकेको हो। वाम गठबन्धनका केही कार्यकर्तालाई पक्राउ नगरेसम्म मतदान सुरु हुन नदिने लोकतान्त्रिक गठबन्धनले अडान लिएको छ।
सोही विषयलाई लिएर आज बिहान पनि झडप भएको थियो। यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरा र वाम गठबन्धनबाट एमालेका शेरबहादुर तामाङ प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धामा छन्।