काठमाडौं । नेपाली कांग्रेसले सात वटै प्रदेश र ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो । बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरि गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय हुन निर्देशन दिने निर्णय गरेको छ । पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गतका पालिकामा प्रतिनिधि खटाउन निर्देश पनि गरेको छ ।
७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको निर्णय
ताजा समाचार
नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन
६ घन्टा अघि
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस
६ घन्टा अघि
पेट्रोल र डिजेल दुवैको मूल्य ह्वात्तै घट्यो
१२ घन्टा अघि