काठमाडौँ, ४ मंसिर। थाइल्यान्डमा आज आइसिसी महिला विश्व टि ट्वान्टी एसिया छनोट सुरु हुँदैछ। पछिल्लो दुई संस्करण एसिया छनोटको विजेता थाइल्यान्डसँग यसपटक नेपाल, चीन, हङकङ, मलेसिया र संयुक्त अरब इमिरेट्स ९युएई० भिड्दैछन्।
पहिलो खेलमा नेपालले थाइल्यान्डसँग नेपाली समयअनुसार दिउँसो १२ः४५ भिड्दैछ। नेपालको टोलीको कप्तानी रुविन क्षेत्रीले सम्हालेकी छन्।
महिला विश्व टि ट्वान्टीमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा यसअघि नै छनोट भइसकेका छन्।
थाइल्यान्ड पुग्नुअघि नेपालले बंगलादेशमा तयारी गरको थियो । ४ वटा अभ्यास खेल मध्ये नेपाली टोली पहिलो दुई खेलमा विजयी र पछिल्ला दुई खेलमा पराजित भएको थियो।




