अछाममा हँसिया प्रहारबाट गर्भवती महिला घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अछाममा हँसिया प्रहारबाट गर्भवती महिला घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न् । मेल्लेख गाउँपालिका-३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन् । 

आफ्नो बारीमा भैँसीले घास खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेकाे बताइएकाे छ । हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । अमृता पक्राउ परेकी छन् । ,

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);