१ फागुन, कैलाली ।
धनगढीस्थित नेपाल इनभेष्टमेण्ट बैंकबाट २६ लाख ४६ हजार रुपैयाँ गायब भएको छ । बैंकको एटीएममा राख्नका लागि तयार पारिएको रकम बैंक भित्रबाटै गायब भएको बैंकका म्यानेजर राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । बैंकले घटनालाई लुकाउन खोजेको भन्दै सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए ।
उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बैंकका ३ जना कर्मचारीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । बैंकबाट रकम गायब भएको जानकारी पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेय शनिबार नै हेलिकप्टरवाट धनगढी पुग्नुभएको थियो ।




