स्थानीय तह निर्वाचनमा बहालवाला पदाधिकारीले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

स्थानीय तह निर्वाचनमा बहालवाला पदाधिकारीले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने

nirbachan aayog

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बहालवाला पदाधिकारीले उम्मेदवारी दिन चाहेमा राजीनामा दिनुपर्ने प्रावधान अघि सारेको छ । आयोगले तयार गरेको आचारसंहिताको मस्यौदामा स्थानीय तहबाट पारिश्रमिक र सुविधा लिइरहेको व्यक्तिले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार बन्न सकिने व्यवस्था गरेको हो ।

आयोगले आचारसंहिताको मस्यौदा दलहरूलाई सुझावका लागि पठाएको थियो । दलहरूले दिएको सुझावका आधारमा आचारसंहितालाई मंगलबारसम्म अन्तिम रूप दिने आयोगको तयारी छ । स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामै यो प्रावधान राख्न लागिएको आयोगले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);