सुन तोलामा ३०० रुपैँयाले घट्यो, यस्तो छ आजको बजार भाउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

सुन तोलामा ३०० रुपैँयाले घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा  फेरि गिरावट आएको छ । यो साताको तथ्यांक हेर्दा सुनचाँदीको भाउ घट्दै गएको देखिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताकाे पहिलाे दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ  कायम भएकोमा दाेस्राे दिन सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ४६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार