काठमाडौँ बिगार्ने कांग्रेस, दोष चाहिँ मलाईः मेयर शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौँ, २३ कार्तिक। काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले राजधानीलाई कुरुप बनाउने प्रमुख दोषी कांग्रेस रहेको दाबी गरेका छन्।

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा मेयर शाक्यले काठमाडौँमा बहुमत ल्याएर कांग्रेस बिजयी भएपछि विकास निर्माणको काम नै स्थिर भएको दाबी गरे।

‘२०६४मा काठमाडौँका अधिकांस क्षेत्रबाट कांग्रेसका सांसद निर्वाचित भएपनि भत्ता पचाउने काम मात्र भएको उनले दाबी गरेका हुन्।

राज्य सञ्चालकहरुको बसोबास रहेको काठमाडौँ सफा नहुँदाको दोषचाहिँ एक्लै आफूले लिनुपरेकोमा शाक्यले आपत्ति जनाए। मेयर शाक्यले ८ मिटर भन्दा कम चौडाईको सडक निर्माण मात्र महानगरको दायित्व भित्र पर्ने उल्लेख गर्दै ती भन्दा ठूला सडक क्षेत्राधिकार भित्र नपर्ने बताए।

सरकार स्थानीय तहको अधिकार खोस्नेतर्फ लागेको छ, दिइएको अधिकार अनुसार पनि काम गर्न दिइएको छैन।शाक्यले मेलम्चीको लागि खनिएका सडक मंसिर १५ भित्रै कालोपत्रे गर्न महानगरले सरकार र सडक विभागको ध्यानाकर्षण गराएको जानकारी दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);