काठमाडौं । नेपाली कांग्रसको जारी १४ औं महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा विरुद्ध नारा लगाएका युवा माथि प्रहरीले दमन गरेको छ । देउवा मतदान स्थलमा रहेका बेलामा देउवाले नै सुन्ने गरी देउवाको गृह जिल्ला डडेलधुराका युवाले प्रधानमन्त्री देउवा मुर्दावाद भन्दै नारावाजी गरेका थिए ।
उनले देवाले आफ्नै गृह जिल्लामा भएको जिल्ला अधिवेशनमा दमन तथा एकलौटी गरेको भन्दै महाधिवेशन स्थलमा देउवाको विरुद्धमा प्रधानमन्त्री देउवा मुर्दावाद भन्दै नारावाजि गरेका थिए । उनले नारावाजि गरेपछि प्रहरीले उनी माथि दमन गरेको थियो ।




