भीम रावल समूहले पदाधिकारीसहित सबै पदमा उम्मेदवारी दिने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

भीम रावल समूहले पदाधिकारीसहित सबै पदमा उम्मेदवारी दिने

सौराहा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ ।

अध्यक्षमा दाबेदारी गरेका भीम रावलले मनोनयन दर्ता गरिरहेका छन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज विहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । 

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बन्दसत्रमा नामावली प्रस्तुत गरी अनुमोदन गराएका बेला रावल अध्यक्षमा भीड्न लागेका हुन् । 

रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी पर्नेछ । उम्मेदवारीका लागि आकांक्षीहरु बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);