गुल्मी । नेपाली कांग्रेस गुल्मीले जिल्लाका १२ पालिकाको पालिका अधिवेशन सम्पन्न गरेको छ । मुसिकोट र कालिगण्डकीबाहेक अरु स्थानीय पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
मुसिकोट नगरपालिकामा सभापतिमा मोहन घिमिरे निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी झविलाल भण्डारीलाई पराजित गरे । १४८ मत मध्ये घिमिरेले ८७ र भण्डारीले ६१ मत प्राप्त गरेका थिए ।
त्यस्तै कालीगण्डकी गाउँपालिकाको सभापतिमा निमबहादुर श्रीस निर्वाचित भएका छन् । १११ मतमध्ये श्रीसले ५६ र प्रतिस्प्रर्धी गोविन्द गौतमले ७ र रामप्रसाद न्यौपाने ४७ मत प्राप्त गरेको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।
जिल्लाका १० वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । रेसुंगा नगरपालिकामा सभापतिका उम्मेदवार ५ जना थिए । तर, जयश्वर पन्थी सभापतिसहित सर्वसम्मत नेतृत्व चयन भएको छ ।
मदाने गाउँपालिकामा महेन्द्र कुँवर, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, इस्मा गाउँपालिकामा कृष्ण प्रसाद रिजाल सभापतिसहित नेतृत्वको टुङ्गो लागेको जिल्ला सचिव पन्थीले बताए ।
त्यस्तै धुर्कोट गाउँपालिकामा हरिबहादुर थापा, गुल्मी दरबार गाउँपालिकामा प्रेम पुन, छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी, रुरुक्षेत्र गाउँपालिकामा देबेन्द्र मल्ल र सत्यवती गाउँपालिकामा विष्णु भण्डारी सभापतिसहित सर्वसम्मत नेतृत्व चयन भएको हो ।