राष्ट्रिय जनमोर्चा जिल्ला कमिटी एमालेमा समाहित | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

राष्ट्रिय जनमोर्चा जिल्ला कमिटी एमालेमा समाहित

दैलेख । जिल्लामाा राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कमिटी एमालेमा समाहित भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला कमिटीका अध्यक्ष अम्बरबहादुर नेपालीका अनुसार जिल्ला कमिटीको सर्वसम्मत निर्णयबाट एमालेमा समाहित भएको हो ।

आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेख राजमोलाई एमालेमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्नेहरूमा प्रदेश कमिटी अध्यक्ष भरत शाही, जिल्ला कमिटी दैलेखका अध्यक्ष नेपाली, उपाध्याक्ष कविराज खत्री, सचिव सुरजबहादुर रावत, सहसचिव नवीन भट्टराई, सल्लाहकार अध्यक्ष तथा पार्टी सेक्रेटरी पूर्णबहादुर शाही छन् ।

त्यस्तै, सल्लाहकार सदस्य ओम रावल, जिल्ला कमिटी सदस्य प्रेम तामाङ, कटकबहादुर शाही, अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष गीताकुमारी खत्री, कानुन व्यवसायी संघका केन्द्रीय सदस्य तथा मसालका वैकल्पिक जिल्ला कमिटी सदस्य हस्त रेग्मी पनि एमाले प्रवेश गरेका छन् ।

Leave a Reply