काठमाडौं । इन्द्र जात्राको अवसरमा आज बसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ ।
हनुमानढोका परिसरमा हरेक वर्ष राष्ट्र कल्याणको कामना गर्दै कुमारी पूजा हुने गरेको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६ः५१ बजेको साइतमा गरिएको थियो ।