पढाईसँगै कृषिखेतीबाट आम्दानी गर्दै सरस्वती मा वि (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पढाईसँगै कृषिखेतीबाट आम्दानी गर्दै सरस्वती मा वि (फोटो फिचर)

बिमल जैरु,
डडेल्धुरा । डडेल्धुराको एक विद्यालयमा बिद्यार्थीहरुले कृषि बिषय अध्यापनसंगै खेती पनि गरिहेको छन् । जिल्लको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ पर्ने सरस्वती माध्मीक विद्यालय भत्काडामा अध्ययनरत बिद्यार्थीहरुले कृषिखेती गर्दै पढाई खर्च घटाई रहेका छन् ।


जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ सरस्वती माध्मीक विद्यालयमा कृषी अर्थात बाली बिज्ञान बिषय अध्ययन गर्ने बिद्यार्थीलाई प्रयोगात्मक बिधीबाट अध्यापन गराउन सजिलो होस भन्ने उदेश्यले कृर्षी खेती बिद्यालमा नै गरिहेको हो । बिद्यार्थीहरुले यसबाट ज्ञान आर्जनसंगै आम्दानी पनि गरिरहेको विद्यार्थी जनक तिमल्सेना बताउँछन् । ‘आम्दानीको ५० प्रतिशत बिद्यालय र ५० प्रतिशत हामी बिद्यार्थीहरुले प्राप्त गछौं । उत्पादन, वितरण तथा बिक्री सबै हामी बिद्यार्थीहरुले गर्ने गरेका छौं ।’, उनले भने ।

५ वटा प्लाष्टीक टर्नेल निमार्ण गरी बिद्यालयमा टमाटर, भन्टा, मुला तथा बिभिन्न जातका बिरुवा नर्सरी समेत निमार्ण गरिएको प्रशिक्षक कविराज अवस्थीले बताए । उनले भने, ‘बिद्यार्थीलाई तरकारी खेती आधुनिक तरिकाबाट खेती कसरी गर्ने नयाँ प्रणाली के विकास गर्ने, रोग किराको व्यवस्थापन तथा बजारसम्म कसरी उत्पादीत तरकारी पुगाउने लगाएको ज्ञान फिल्डमा नै हामी प्रशिक्षकले सिकाउने गरेका छौं ।’

सरस्वती माविमा प्राविधीक धार सुरु भएको करिब ४ बर्षमा १ सय भन्दाबढी आएसएजी अध्ययन गरेका कृषी प्राविधीक उत्पादन गरिरहेको विद्यालयका प्राध्यापक टेकराज अवस्थी बताउँछन् । ‘३ बर्षे कृषी र १८ महिने कृषि विज्ञान बिद्यालयमा अध्ययन गरिरहेका छन् । उतकृष्ट प्रयोगात्मक बिधिबाट बिद्यालयले अध्ययपन गराइरहेका छौं ।’ उनले भने ।

नयाँ छात्रावास समेत निमार्ण गरेको बिद्यालयमा भौतीक संरचना पुर्णरहेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवाको गृह वडामै पर्ने बिद्यालयमा निजीस्रोतका शिक्षकलाई तलव दिन भने कृषीबाट भएको आम्दानी प्रयोग गर्न परेको शिक्षकको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);