वीरगञ्जमा सवारी चालक अनुमति पत्र परीक्षा सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

वीरगञ्जमा सवारी चालक अनुमति पत्र परीक्षा सुरु हुने

नितेश कर्ण,
पर्सा ।
यातायात व्यवस्था कार्यालय वीरगञ्जले सवारी चालक अनुमति पत्रको परीक्षा सुचारु गर्ने तयारी मा जुटेको छ । ४ महिनादेखि कोरोनाका कारण बन्द गरिएको सवारी चालक अनुमपति पत्रको परीक्षा अब चाडैनै खुल्ने भएको हो ।

यातायात व्यवस्था विभागले भदौ १० गते नै गरेको परिपत्रका आधारमा स्वास्थ्य मापदण्डको पालना गरेर सवारी चालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्ने यातायात व्यवस्था कार्यालय वीरगञ्जको लाइसेन्स शाखाका प्रमुख सुशिल साहले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जले भाडामा लिइएको ट्रायल सेन्टरमा वर्षाका कारण पानी जमेकाले सरसफाई गर्ने र अन्य आन्तरिक तयारीका कामहरु अहिले भइरहेको छ ।

यही हप्ताभित्र सूचनामार्फत परीक्षाको मिती सार्वजनीक गरिने प्रमुख साहले बताएका छन् ।

Leave a Reply

ताजा समाचार