काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम हुँदै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मनसुनको न्युनचापीय रेखा नेपालको तराई भू–भागको नजिक रहेकोले आज देशका धेरै ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाले जनाएको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १,२, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा मेघ गर्जन सहित हल्कादेखि मध्यम र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केहि ठाँउमा भारि वर्र्षाको सम्भावना रहेको महाशाले जनाएको छ ।
आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।
प्रदेश १,२, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले आग्रह गरेको छ ।