काबुलमा हमला नहुने गृहमन्त्रीको दाबी, शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

काबुलमा हमला नहुने गृहमन्त्रीको दाबी, शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने

एजेन्सी । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने बताएका छन् ।

गृहमन्त्री अब्दुलले आइतबार टेलिभिजनमार्फत सम्बोधन गर्दै काबुलमाथि तालिबानको आक्रमण नहुने र सत्ता हस्तान्तरणको प्रक्रिया शान्तिपूर्ण हुने विश्वास दिएका हुन् ।

तालिबानी लडाकु काबुल प्रवेश गर्न थालेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् तर तालिबानले भने तत्काल लडाकुहरुलाई काबुलमा प्रवेश नगर्न निर्देशन दिएको छ । सत्ता हस्तान्तरणको प्रक्रिया सम्पन्न नभएसम्म तालिबान प्रवेश स्थानमा नै रहन उनीहरुलाई निर्देशन दिइएको छ ।

गृहमन्त्री अब्दुलले काबुलबासीलाई सुरक्षाकर्मीले शहरलाई सुरक्षित राख्ने विश्वास पनि दिलाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);