गिरफ्तारबाट बच्न पद त्यागअघि विदेश जान चाहन्छन् श्रीलंकाका राष्ट्रपति राजापाक्षे | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

गिरफ्तारबाट बच्न पद त्यागअघि विदेश जान चाहन्छन् श्रीलंकाका राष्ट्रपति राजापाक्षे

कोलम्बो। श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले मंगलबार विमानस्थलमा अध्यागमनको अपमानजनक अवरोधपछि टापुबाट भाग्न नौसेनाको गस्ती जहाज प्रयोग गर्ने विचार गरेको समाचार संस्था एएफपीले जनाएको छ । गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिएर शान्तिपूर्ण सत्ता हस्तान्तरणको बाटो खुला गर्ने वाचा गरेका छन् ।

देशमा अहिलेसम्मकै  खराब आर्थिक संकटलाई लिएर उनको विरुद्धमा यसै साता व्यापक प्रदर्शन भएको थियो । प्रदर्शनपछि ७३ वर्षीय गोटाबाय राष्ट्रपति निवासबाट अज्ञात स्थलतर्फ भागेका थिए । राष्ट्रपतिको रूपमा राजापाक्षेलाई गिरफ्तार नहुने भएकोले हिरासतमा पर्ने सम्भावनाबाट बच्न पद त्याग्नुअघि नै उनी विदेश जान चाहना राखेको बताइएको छ ।
गोटाबाय आफ्नी पत्नीसँगै दुबईमा जान खोजेको अधिकारीहरूले बताएका छन् । विमानस्थलमा अध्यागमनका अधिकारीले उनको राहदानीमा छाप लगाउन अस्वीकार गरेका थिए ।

राष्ट्रपति र उनकी श्रीमतीले संयुक्त अरब इमिरेट्स जाने चार उडान छुटेपछि  बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको सैन्य आधारमा रात बिताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);