प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसदहरुले के भने ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसदहरुले के भने ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य पदम गिरीले कोभिड १९ विरुद्धको खोपमा सरकारले ध्यान पु¥याउन नसकेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य गिरीले अघिल्लो सरकारले ल्याइसकेको खोप पनि वर्तमान सरकारले लगाउन नसकेको आरोप लगाए ।

कोभिड १९ को खोप लगाउनका लागि सरकारले यथोचित ध्यान दिन नसकेको उनले बताए । त्यस्तै खोप लगाइसकेकाहरुलाई प्रमाणिकरण गर्न पनि ठुलो लाइन लागेको भन्दै त्यसको निम्ति सरकारले ध्यान दिनुपर्ने बताए ।

कोभिड १९ संक्रमणको तेस्रो लहरको लागि पनि सरकारले तयारी गर्न नसकेको उनले उल्लेख गरे । उनले भने – ‘अघिल्लो केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको र कतिपय आइसकेको एक करोड ३१ लाख खोप वर्तमान सरकारले तत्काल नेपाली जनतालाई प्रभावकारी ढंगले र व्यवस्थित ढंगले त्यो खोप नागरिकहरुलाई लगाउनुपर्नेछ । यसतर्फ वर्तमान सरकारको यथोचित ध्यान जान सकेको हामी देखिरहेका छैनौँ । अब तेस्रो भेरियन्टको कुरा आइरहेको छ । यसको निम्ति तयारीमा सरकार जुट्नुपर्ने हो । यसको निम्ति सरकारले यथोचित ध्यान दिइरहेको छैन । यो हाम्रो निम्ति दुर्भाग्यको कुरा छ । अघिल्लो सरकारले ल्याएको खोपपनि व्यवस्थित रुपले लगाउन नसक्ने, खोप लगाएका मान्छेहरुलाई जो विदेश जानुपर्नेछ, उनीहरु रातको १२ बजेबाट लाइनमा बस्दाखेरी २४ घण्टासम्म लाइनमा बस्दाखेरी प्रमाणपत्र पनि प्राप्त गर्न नसक्ने यस्तो दुर्भाग्यपूर्ण अवस्था आजको दिनमा छ । त्यसतर्फ सरकारको गम्भिर रुपले ध्यान जाओस् भन्ने कुरा म माग गर्न चाहान्छु ।’

प्रतिनिधि सभा सदस्य गिरीले प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई राहतको प्रवन्ध गर्न तथा पुनस्र्थापनामा सरकारले ध्यान नदिएकोले यसतर्फ ध्यान दिन पनि आग्रह गरे।

त्यसैगरी बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले लामो समयदेखि उपसभामुख खाली रहेको भन्दै छिट्टै उपसभामुखको निर्वाचन गर्नुपर्ने बताए । उनले संसदीय समितिहरुमा सांसदलाई पठाउँदा विषयको ज्ञान भएकाहरुलाई पठाउनुपर्नेमा जोड दिए । उनले भने – ‘यथाशिघ्र उपसभामुखको निर्वाचनको व्यवस्था होस् । यो पद सधैँ खाली नहोस् भन्न चाहान्छु । अहिले समितिमा काम गर्दा हामीले समस्याहरु देखिरहेका छौँ । विषयमा ज्ञान नहुनु, भागबन्डाको हिसाबले गर्दाखेरी समितिहरु क्रियाशिल नभएका देख्छौँ । अर्कोतिर एकपटक मन्त्री भइसक्नु भएका मित्रहरु फेरी समितिहरुमा संसदको निर्णयबिना हाजिर भएको देखिएको छ । हामीले विधि, विधान, संविधान र परम्पराको निम्ति काम गर्नुपर्छ । समितिमा पठाउँदा खेरी विवादित व्यक्तिहरुलाई पठाउने चलन बन्द होस् ।’

प्रतिनिधि सभा सदस्य यशोदा सुवेदी गुरुङले जेठको अन्तिम सातामा परेको बाढी, पहिरोले मनाङ जिल्लाका चारवटै गाउँपालिका संकटग्रस्त बनेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । आवागम समेत अवरुद्ध भएकोले आवागमन खोल्न सरकारलाई उहाँले ध्यानाकर्षण गरा । उनले भने – ‘आन्तरिक आवागमन एक गाउँबाट अर्को गाउँमा जाने आवागमन अवरुद्ध भएका छन् । साना साना काठेपुलहरु निर्माण गरेर भएपनि आन्तरिक आवागमनको व्यवस्था गर्नु जरुरी भएको छ । जिल्लाको एकमात्र लाइफलाइन अवरुद्ध भएको कारणले जिल्लाभरी खाद्य संकटको अवस्था सिर्जना हुन गइरहेको छ । यो अवस्थालाई ध्यानमा राखेर हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था छ त्यतातिर सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

प्रतिनिधि सभा सदस्य गुरुङले मनाङमा सडक सञ्जाल टुट्दा खाद्यान्नमा समेत संकट परेका कारण हेलिकप्टर बाट खाद्यान्न ढुवानी गर्न सरकारसँग माग पनि गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);