सरकारको पहिलो प्राथमिकता कोराना विरुद्धको खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

सरकारको पहिलो प्राथमिकता कोराना विरुद्धको खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोराना विरुद्धको खोप नै भएको बताएको छ । सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा राज्यमन्त्री श्रेष्ठले अनुदान, ऋण अथवा किनेरै भएपनि सबै नेपालीलाई खोप उपलब्ध गराइने बताएको हो ।

राज्यमन्त्री श्रेष्ठले कुन–कुन ठाउँबाट खोप दिइदैछ भन्ने सम्बन्धमा मन्त्रालयमा कल सेन्टर स्थापना गर्न निर्देशन दिइसकेको जानकारी गराए । बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले चैत महिनासम्ममा २ करोड १५ लाखलाई खोप उपलब्ध गराउने रोडम्यापको आधारमा काम गरिरहेको विवरण पेश गरे ।

स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य आपतकालीन केन्द्रका संयोजक डा. गुणराज लोहनीले हालसम्म खोपको पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ जनालाई लगाइएको र १४ लाख ३० हजार ४ सय १६ जनालाई दुवै मात्रा खोप लगाइएको बताए ।

उनले असोज मसान्त भित्र थप १ करोड ५ लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधा अन्तर्गत, वैदेशिक अनुदान र खरिदमार्फत् नेपाल आउने जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);