प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका कुनैपनि औपचारीक बैठक नराख्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका कुनैपनि औपचारीक बैठक नराख्ने

काठमाडाैं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने भएका छन् ।

गत शुक्रबार र शनिबार पदाधिकारी बैठक राखेपछि पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेसँगै प्रधानमन्त्री देउवाले पार्टीका कुनैपनि औपचारीक कार्यक्रम बालुवाटारमा नराख्ने बताएका हुन् ।

देउवाले पदाधिकारी बैठकदेखि अन्य पार्टीगत बैठक अबदेखि पार्टी कार्यालय सानेपा वा सभापतिको निजी निवास बूढानीलकण्ठमा गर्ने बताएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । यसैबीच आज कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दैछ ।

आसन्न १४ औं महाधिवेशन तयारीका लागि छलफल गर्न डाकिएको बैठक देउवा निवास बुढानीकण्ठमा बस्न लागेको हो । पार्टी कार्यालयमा विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताले धर्ना दिएकोले बुढानीलकण्ठमा बैठक बस्न लागेको जनाइएको छ । आगामी साउन १२ मा वडा अधिवेशन गर्ने गरी कार्यतालिका निकालेको कांग्रेसले अहिलेसम्म पनि क्रियाशील सदस्यता विवाद टुंगाउन सकेको छैन ।
०००

Leave a Reply