मृत्यु भएको एक वर्ष पछि थाइल्याण्डका राजाको अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

एजेन्सी, कार्तिक ९ । सन् २०१६ मा निधन भएका थाइल्याण्डका राजा भूमीबोल अदुल्यादेजको विशेष सम्मानका साथ एक वर्ष पछि बिहीबार अन्त्येष्टि गरिँदैछ।

उनको अन्त्येष्टिको लागि आज थाइल्याण्ड भर सार्वजनिक विदा दिइएको छ। अन्त्येष्टि समारोहमा २ लाख भन्दा बढि नागरिक सामिल हुने अनुमान गरिएको छ।

शवको अन्त्येष्टिका लागि भव्य तयारीका साथ शव यात्रा गरिँदै गरेको थाइल्याण्डको मिडिया एजेन्सीले जनाएको छ। उक्त समारोहमा ४० देशका सम्मानित व्यक्तिहरुको सहभागिता रहने बताइएको छ। नेपालका रक्षा मन्त्री भिमशेन दास प्रधान नेपाल प्रतिनीधी मण्डलको नेतृत्व गर्दै राजा भूमीबोल अदुल्यादेजको अन्येष्टिमा सहभागी हुन बुधबार बैंकक प्रस्थान गरेका छन्।

उनको शव राखिएको रथ १४ टनको रहेको र २ सय सिपाहीले रथ तान्नेछन् । राजा भूमीबोलको सम्झनामा थाइल्याण्डका ९० प्रतिशत घर फूलले सजाइएका छन् ।