काठमाडाैं । वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको आज ८५ वर्षको उमेरमा निधन भएको छ।
मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । उनि मुटु र स्वास प्रश्वास सम्बन्धि समस्याबाट पिडित थिए।
उत्तम नेपालीले कला क्षेत्रमा विभिन्न उपनाम पाएका छन् । नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् ।
उत्तम नेपालीले २०३३ सालमा कविता र कविसहित कला सिर्जना गरी पृथक् प्रदर्शनीको परिचय दिएका थिए । १९९४ सालमा काठमाडाैंमा जन्मिएका उत्तम नेपाली बनारस बसेर पढेका थिए । नेपालीका दुइ छोरीहरू छन्।