उत्कृष्ट किसान सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

उत्कृष्ट किसान सम्मानित

कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकाले उत्कृष्ट किसानहरुलाइ सम्मानित गरेको छ ।

बुधबार बैजनाथ गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी कृषि क्षेत्रमा योगदान पु¥याएको भन्दै ८ जना किसानहरुलाइ सम्मानित गरेको हो । गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल तथा उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले किसानहरुलाई सम्मान पत्रसहित सम्मान गरेका थिए ।

गाउँपालिकाले प्रत्येक वडाका एक –एक जना उत्कृष्ट किसानहरुलाइ सम्मानित गरेको गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले जानकारी दिएका छन् । सम्मानित हुनेहरुमा तुलसीराम थारु, लक्ष्मी कडेल, निराजन केसी, रामचन्द्र थारु, सन्तविर सुनार, हिरामणी रानामगर, कमलदैया थारु र सुमन चौधरी रहेका छ्न् ।

कृषक सम्मान कार्यक्रममा बैजनाथ गाउँपालिका कर्मचारी जनप्रतिनिधि लगातयतको उपस्थिति रहेको थियोे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);