भक्तपुर, ७ कात्तिक । एमालेले नेपाल मजदुर किसान पार्टीलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न आह्वान गरेको छ।
प्रेस चौतारी नेपाल भक्तपुरले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यस्तो आह्वान गरेका हुन् ।
एमाले केन्द्रीय सदस्य मिश्रले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको बताउँदै नेमकिपा वाम पार्टी भएकाले गठबन्धनमै आउन आग्रह गरे ।




