बुटवल उपमहानगरपालिकामा जसपाको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

बुटवल उपमहानगरपालिकामा जसपाको ध्यानाकर्षण

बुटवल । जनता समाजवादी पार्टी बुटवलले, बुटवल उपमहा नगरपालिका अगाडी प्रदर्शन गरेको छ । आतबार नगर भित्रका व्यवसायीहरुलाई ३ महिनाको घरवाहल कर र अन्य दस्तुर छुट गर्न र नगर भित्रका सवै नगरबासीलाई कोभिड खोपको व्यवस्था गर्न माग गदैँ प्रदर्शन गरेका हुन।

प्रदर्शन पछि जनता समाजवादी पार्टी बुटवल उपमहानगर कमिटिका अध्यक्ष बामदेव भुसालले नगर प्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन् । २ महिनादेखी जारी निषेधाज्ञाका कारण सम्पूर्ण व्यापार व्यवसाय बन्द गरी बसेका व्यवसायि/उद्यमीहरुलाई राहत स्वरुप आर्थिक वर्षको कम्तीमा ३ महिनाको घरवाहल कर र अन्य दैदस्तर छुटको व्यवस्था गर्न माग गरेको हो ।

यस्तै कोभिड १९ को संक्रमण रोकथाम गर्दै नगरवासीहरुको स्वास्थ्य सुरक्षाको लागि तत्काल सबै नागरिकलाई खोपको व्यवस्थ पहल गर्न र जोखिम न्यूनिकरणका लागि निःशुल्क कोभिड टेष्ट गर्न समेत आग्रह आग्रह गरिएको हो । नगरमा सञ्चालित विकास निर्माणका कार्यहरुको गुणस्तरियता माथी प्रश्न उठ्ने गरेको र असार मसान्त नजिकिदै गर्दा जताततै देखिएको अवस्थामा नगरपालिकाले गुणस्तरिय काम भएको/नभएको यकिन गरि गुणस्तरहिन काम गरि बजेट सक्ने परिपाटीको अन्त्य गर्न पनि जसपा बुटवल उपमहानगर कमिटिले अपिल गरेको छ ।

बर्षातको सुरुवाती सँगै नगरका विभिन्न बस्तीहरुमा बाढी र डुबानको जोखिम रहेको भन्दै जोखिममा परिसकेका र संभावित जोखिम क्षेत्रका नगरबासीहरुलाई सुरक्षित स्थानमा पुर्नवासको व्यवस्था गर्न पनि जसपाले माग गरेको छ । प्राकृतिक प्रकोपजन्य घटनाबाट प्रभावित र पिडितहरुको उद्दार, राहत तथा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह पनि गरेको छ ।

ज्ञापनपत्र बुझाउन जसपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बामदेव भुसाल, कमल खनाल, पंकज राई, विमल गिरी, प्रेम बहादुर अर्याल, विजय ढकाल लगायतका नेताहरु गएका थिए । ज्ञापनपत्र बुझाउन भन्दा अघि जसपाका नेता तथा कार्यकता बुटवल उपमहानगरपालिकाको गेट अगाडी विभिन्न प्ले कार्ड सहित धर्ना बसेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);