आजदेखि विधिवत रुपमा छठ पर्व सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

आजदेखि विधिवत रुपमा छठ पर्व सुरु

काठमाडौं, ६ कार्तिक । आजदेखि विधिवत रुपमा छठ पर्व सुरु भएको छ।  छठ व्रत गर्नेहरुले सोमबार चौथीको दिन आज अरवा अरवाइन गरी चोखोनितो हुने गर्दछन्। छठ पर्व विशेष गरेर तराई क्षेत्रमा मनाइन्छ। छठ पर्वको सुरुवातसँगै तराईमा पोखरी, नदी, तलाउहरुलाई सरसफाई गर्ने र सिंगार्ने कार्य सुरु भएको छ।

छठको दोस्रो दिन भोलि अर्थात् पञ्चमीको दिनभरि उपवास बसी नहाखाय गर्ने गरिन्छ भने साँझ नबचुल्होमा व्रतालुहरुले चोखो परिकार पकाएर खाने गर्छन् । खिर बनाइ डाली अनुसार उत्सर्ग गरी आफू तथा आफ्नो परिवारजनलाई दिने गरिन्छ। षष्ठीको दिन व्रत वस्नेहरु निराहार रही साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउ निर अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवा, केरा फलफुल, पान, सुपारी उखु आदिले अध्र्य दिई पूजा गरिन्छ।

यसलाई साँझको अर्घ भन्ने गरिन्छ। भोलीपल्ट पनि पहिलेको नै उपकर्म गरि उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। त्यसलाई पारण भन्ने गरिन्छ। शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको वेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व मनाइने गरिन्छ।