म्यानमारमा सैनिक कु भएयता १ लाख ७५ हजार बासिन्दा विस्थापित भएको राष्ट्रसंघको ठहर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

म्यानमारमा सैनिक कु भएयता १ लाख ७५ हजार बासिन्दा विस्थापित भएको राष्ट्रसंघको ठहर

एजेन्सी । राष्ट्रसंघले म्यानमारमा सेनाले सत्ता हत्याए यता ५ महिनामा १ लाख ७५ हजार बासिन्दा विस्थापित भएको जनाएको छ । म्यानमारका लागि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि क्रिश्टिन स्क्रानर बर्जनरले सुरक्षा परिषदलाई जानकारी दिदै सैनिक शासन लागू भएपछिको ५ महिनामा १ लाख ७५ हजार बासिन्दा विस्थापित भएको बताएका हुन ।

ती मध्ये करिब १० हजार शरणार्थी भारत र थाईल्याण्ड भागेको बर्जनरको भनाइ छ । विशेष प्रतिनिधिले म्यानमारको अहिलेको अवस्था निकै चिन्ताजनक र खराब रहेको भन्दै यसबीचमा ६ सय जना मारिएको, ६ हजार जना पक्राउ परेको र एकसय जना जति बेपत्ता भएको र पक्राउ परेका मध्ये ५ हजार जना अहिले पनि थुनामा रहेको उल्लेख गरे ।

थातथलो छाडेका मध्ये अधिकांश स्थानीय स्तरमै विस्थापित बनेकोे उनको भनाइ थियो । महासचिवका विशेष प्रतिनिधि बर्जनरले अर्को वर्षसम्म म्यानमारको आधा जनसंख्या गरिबीको रेखामुनि जानसक्ने भन्दै म्यानमारको सैनिक कु लाई हेर्ने विषयमा सुरक्षा परिषदमा मतैक्यता नभए पनि मानवीय पक्षलाई ध्यानमा राख्दै सहमतिमा आउनुपर्ने जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);