बाबुरामले गराए मनोनयन दर्ता, चुनाव चिन्ह 'आँखा' | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

बाबुरामले गराए मनोनयन दर्ता, चुनाव चिन्ह ‘आँखा’

गोरखा, ६ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको लागी मनोनयन दर्ता भएको छ। यसैबिच नया शक्ति पार्टीका संयोजक समेत रहेका डा. बाबुराम भट्टराइले पनि गोरखा दुईबाट मनोनयन दर्ता गराएका छन्।

नेपाली कांग्रेससँग तालमेल गरेको नयाँ शक्तिको चुनाब चिन्ह आँखा रहनेछ। दुई निर्वाचन क्षेत्र भएको गोरखामा क्षेत्र नम्बर एक बाट नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठ उम्मेदवार भएका छन् भने क्षेत्र नम्बर दुईमा कांग्रेसले भट्टराईलाई सघाउनेछ।