एजेन्सी । नाइजेरियामा बन्दुकधारीहरुको हमलामा परि ८८ जना स्थानीयहरुको मृत्यु भएको छ । बन्दुकधारीहरुको हमलाबाट ती नागरिकहरु मारिएका हुन् । नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रको केब्बी राज्यमा भएको घटनामा परि थप कयौं घाइते समेत भएका त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
राज्यको डानको–वासागु स्थानिय सरकारी क्षेत्रका आठ विभिन्न समुदायमा डाकुहरुद्वारा आतंक मच्चाइएको थियो । सुरुमा प्रहरीहरुले घटना स्थलबाट ६६ वटा शव निकालेको बताइएको थियो तर पछि ८८ वटा शव निकालिएको उक्त राज्यका प्रवक्ता नाफिउ अबुबकारले जानकारी दिए ।
त्यहाँका स्थानिय बासिन्दाहरु त्रसित अवस्थामा छन् भने थप यसतै घटनाहरु हुन नदिनकालागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ । यसअघि पनि गत अप्रिलमा सोही ठाउँमा नौ प्रहरी र दुई आम नागरिक पनि आक्रमणमा परि मारिएका थिए ।