चीनद्धारा अस्थायी रुपका लागि सगरमाथा आरोहण गर्न रोक | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

चीनद्धारा अस्थायी रुपका लागि सगरमाथा आरोहण गर्न रोक

एजेन्सी। चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा गर्न लागि अस्थायी रुपका लागि रोक लगाएको छ ।

नेपालमा कोभिड १९ को संक्रमणदर उच्च रहेको भन्दै अस्थायीरुपका लागि आरोहणमा रोक लगाएको हो ।

नेपालतर्फको आधारशिविरमा समेत केही आरोहीमा संक्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै आरोहणमा रोक लगाएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको हो ।

चीनले यो सिजनमा ३८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको जसमध्ये सबै चिनियाँ नागरिक थिए । तर, नेपालले भने यो सिजनमा ४०८ जनालाई आरोहण अनुमति दिएको थियो ।

महामारीका कारण गत वर्ष भने दुवै देशले सगरमाथा आरोहणको अनुमति दिएका थिएनन् । मे महिना सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । केही आरोहीले यो साता आरोहण गरेका छन् भने केहीले यो महिनाको अन्त्यमा आरोहण गर्ने अपेक्षा गरिएको छ ।

चीनले यसअघि सगरमाथाको चुचुरोमा विभाजन रेखा कोरेर आफ्नो तर्फबाट आरोहण गरेका आरोहीलाई नेपालतर्फबाट आरोहण गरेकाहरुसँग मिसिन नदिने योजना समेत बनाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);